सहनै नसके पछि

म पनि सहन सक्छु
थाहा छ तिमीपनि सहन सक्छौ
तर सहनुको पनि हद हुन्छ
कती सहने अझै
सहेरै हामीले दुईसय सैंतिस बर्ष बित्यो
सहेरै प्रत्येक बर्ष 'म' हरु
गिजेरी रुखमा झुण्डिएर मरिरहयौं
सहेरै प्रत्येक बर्ष तिमीहरु
भिरबाट हामफालेर मरिरहयौ
अब झुण्डिनु नपरोस 'म' हरु गिजेरी रुखमा
फेरी अब हामफाल्नु नपरोस तिमीहरु भिरबाट
फेरी त्यसैले सोच एकपटक
के गर्छौ बाबु सहनै नसके पछि ?

No comments: