आगो , पानी र मान्छेहरु

आगो
सल्काए आगो
मान्छेहरुले जताततै
डढेलो बनेर सल्कियो
गाउँ वस्ती सहर
डढे आँखिर मान्छेहरु नै
चित्कार फैलिएर
डढेका अनुहारहरु
भन्न थाले पानी
पानी
खन्याए पानी
मान्छेहरुले जताततै
भलबाढी बनेर
बग्यो गाउँ वस्ती सहर
बगे आँखिर मान्छेहरु नै
बोली हराएर
बगेका अनुहारहरु
मौन छन आज ।

No comments: