लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको
फक्रने अभिलाषा बोकी
यौटा अंध्यारो रात कटाएर
बिहानीको किरणसंगै
लुछिन्छ बलात्कृत हुन्छ
यसैगरी उज्यालोले लखेट्न थालेपछि
रातसंग आजभोली फूलहरु डराउंदैनन
फूल - यौटा कविमन
दिउंसै लुटीएपछि यौटा कविमन
टुहुरो आँशुमाथी कविता लेख्छ
सम्झेर आफ्नै शिरमाथी आकाश छैन
यौटा कविमन
उजाड सिउंदोमाथी कविता लेख्छ
अनुभुत गरेर आफ्नै संसार उजाडीएको छ
यौटा कविमन
झरेको फूलमाथी कविता लेख्छ
मानेर आफु स्वयं बलात्कृत भएको छ
लुछिएर पत्रपत्र फूलको
भुइँभरी छरिएपछि
आहत छ कविमन आज
नचलेर कलम
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको ।
No comments:
Post a Comment