टुक्रा टुक्रा जोडिएर 
यौटा अस्तित्व 
तिम्रो सामु खडा छु आज 
घरी चुहिएर थोपा थोपा 
तरल बनेर बग्दै 
घरी प्रचण्ड रापले सुक्दै 
हावा संग अर्को अस्तित्व 
सर्वत्र ब्याप्त छु आज 
अस्तित्व गन्नेहरु मान्छेको 
मेटिएर मैलो चित्र झैं 
सही अस्तित्वलाई 
कहिल्यै ठम्याएका छौ कि ?
No comments:
Post a Comment