उ मेरो लागी मरेकी छैन

आफ्नो हरित अस्तिव नै छोपेर
बारीभरी पहेँलपुर फुलेका
तोरिका बोटहरु सँग
सँधै आफ्ना सपनाहरु साट्ने गर्थी उ
तोरीका पँहेला पुष्पपुञ्जनै
मेरा सुखद सपनाहरु हुन भनेर
मुस्कुराउने गर्थी उ
आफुलाई हरियो बोटसँग दाँजेर
मलाई माटोको संज्ञा दिँदै
तिमीभित्रै मेरा जराहरु फैलीएकाछन भनेर
हर्षतिरेक भएर मस्किन्थी उ
श्रीष्टीका सम्पूर्ण सुखहरु भरेर
अङगालो भरी मलाई कस्दै
प्रकृतीका अनुपम खुशीहरु
मेरै निम्ती पस्किन्थी उ
सारा सपनाहरु उस्ले
म भित्र जिउदै छाडेर
आज उ टाढा गए पनि
अजर मेरी उ मेरो लागी मरेकी छैन
सँधै सँधै फाँटहरुमा तोरीहरु सँगै
मेरो मनभरी फुलिरहने छे उ
उसले छाडेको म भित्रको
सपनाको सजिब फूलबारीमा
सँधैभरी डुलीरहनेछे उ ।

No comments: