नखोज , माया एकमा हुन्छ

छेडेर यौटा तिरले
आघातमा बेह्रिएको मुटुलाई
फेरी तिमी
कुन माया रोप्न चाहन्छौ ?
माया सधैं बाटोमा पर्ने
बडेमानको ढुँगोसंग बस्दोरहेछ
माया सँधै शितल ताप्ने
अजंगको रुखसंग बस्दोरहेछ
तर माया
सँधै आँखामा राख्ने
मान्छेसंग कहिल्यै नबस्दोरहेछ
आँखाभित्र अनि
मुटुभित्र राखेको
मान्छे संगको माया त
मात्र मायाको नाउँमा
जाल , झेल , प्रपञ्च र
धोका बनिदिँदो रहेछ
त्यसैले सुन्दर पानको पातलाई
तिखो बाण प्रहार गरेर
आँखा बाहिरका कसैले पनि
माया नखोजे जाति हुन्थ्यो
माया यदि अमुल्य छ भने
त्यो माया अनेकमा हुन्छ
मायाको यदि अतिमुल्य भए
त्यो मात्र एकमा हुन्छ
मात्र एकमा हुन्छ ।

No comments: