कामना तिहारको


उज्यालो यो तिहार राम्रो फूलहरुले पार्यो
झिलीमिली बत्ति सामु औँशीले नि हार्यो ।
बारी , कान्ला जताततै सयपत्री फूले जति
केतकी र मखमली पनि मुस्कुराए उति ।
दैलो , झ्याल , आँगन , गोठ लहर फूलकै माला
फूलैसरी फूलाई चेहरा रमाए लालाबाला ।
पूजित पञ्छि पशु समेत उमँगमा मस्त ति
जनले फाले मैलोकालो मनभित्र थिए जति ।
तिहारले सद्भावको मिठो पाठ छाडेर जान्छ
सँधै मनन गरे त्यसैले समाज अगाडी लान्छ ।
मनाउँ पर्व सबै स्वार्थ भन्दा माथी उठेर
डोहोर्याउँदै उन्नतीतर्फ समाजलाई जुटेर ।
कामना छ सबका हातमा बसुन् लक्ष्मी देवि
ह्रदयमा चैं बसुन् सबैका प्यारा लक्ष्मी कवि ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीको अवशरमा उनै महाकवि प्रति समर्पित

No comments: