भत्सर्ना

खै कुन मर्यादालाई
पालना गर्‍यो उस्ले
र मात्रै मैले मौन बस्नु ?
पर्दाभित्र सत्य देखिदेखि पनि
पर्दाबाहिर जालो पन्छाउन नसक्ने
तिनीहरुलाई कसरी मात्रै
मैले समर्थन गर्नु ?
फूलको गुच्छाभित्र आज
बिषालु सर्प लुक्न सक्छ भने
अबोध मुटुभित्र आज
समस्त राष्ट्र दुख्न सक्छ भने
म पनि अब मौन बस्ने छैन
बिषालु सर्प लुकाई हिंड्ने
सपेराका हुलहरुको
सम्पूर्ण राष्ट्र दुखाई हिंड्ने
राक्षसका कुलहरुको
मैले घोर भत्सर्ना गरेको छु ।

No comments: