मेरी माया

निर्दोश मेरा यि आँखा भरी
सगोल तिम्रो त्यो हँसिलो अधर
आईदिन्छ जब झलल
चाँदनी झैँ छरेर ज्योती समग्र
अनि म चाहन्छु बन्द गरेर परेलीहरु
तिमीलाई आँखाको नानी भित्रै कैद गर्न ।

मेरी माया , कसरी देखाउँ तिमीलाई
तिम्रो प्रेममा पागल मेरो मन
एकै बचन तिमीसँग बोल्न सकेको छैन
चाहना यो हृदयको खोल्न सकेको छैन
फेरी पनि किन मलाई
पूर्वजन्म मै हाम्रो भेट भए झैं लाग्छ
थर्थराएका तिम्रा ति ओठहरुले
अनि लजाएका तिम्रा ति आँखाहरुले
निशब्द बात मारेझैं लाग्छ म सँग
खुशीहरु हारे झैं लाग्छ मैले झैं ।

घायल मेरो यो हृदय छोई
हलुका तिम्रो त्यो सम्झनाको छायाँले
बजीदिन्छ जब झनन
बिणा झैं मधुर संगीत तरङग
अनि म चाहन्छु रोकेर स्पन्दनहरु
तिमीलाई कोमल मुटुभित्रै कैद गर्न ।

No comments: