केहि त नयाँ उद्योग गरुँ

घामको उज्यालो पुग्दैन जहाँ
शिक्षाको उज्यालो सक्दछ पुग्न
शिक्षाले सिँगारे सब जनलाई
पर्दैन कहिं कतै नि झुक्न
भुलिईरहेका भाईबैनीहरु
भेंडा र बाख्रासँग बन जँगल डुल्दै
ज्ञानको नयाँ विहानी दिउँ
गाँउबस्ती सारा पाठशाला खोल्दै
ढिकी र जाँतो दाउरा घाँस सँगै
अल्मलिएका दिदीबैनीलाई
उज्यालो बाटोमा पाईला टेकाउँ
चौतर्फी नयाँ जागरण ल्याई
जीवनको हिसाब किताब भुलेर
ठगीईरहेका आमा बाहरु
सक्दछन बुझ्न जीवनको अर्थ
केहि त नयाँ उद्योग गरुँ ।

No comments: