खबर्दार

खै त हाम्रो आश्थाको फूल
आज कहाँ गयो ?
मात्र यौटा नमिठो शुल
यहाँ रहिरहयो ।

मिलन थियो जसरी त्यो
आज बिछोड भयो
उदय हो त्यसरी त्यो
आज अस्त भयो ।

नियम यो के प्रकृतिको
बाङ्गिएर जाने
अधर्ममा मात्र संसार
झाङ्गिएर जाने ।

खुशी सुरु भए अन्त्य
दुखी हुनु पर्छ
हाँस जति आज त्यती
भोली रुनु पर्छ ।

कस्ले छोयो चन्द्रमालाई
दाग लाग्ने गरी
यौटा मृत्यु आयो आज
भाग लाग्ने गरी ।

छिट्टै गरी चन्द्रमाको
दाग धुनै पर्छ
खबर्दार ए ! मृत्यु तैंले
भोली रुनै पर्छ ।

No comments: