रीत जीन्दगीको

यो रीत हो साथी जीन्दगीको
सुर्य त एकैछिनमा अस्ताउने छ
ताराहरु हुनेछन तिम्रो साथी
चन्द्रमाले उज्यालो दिनेछ
त्यसैले उज्यालो दिनलाई मात्र आफ्नो नभन
अँध्यारो रात्री पनि तिमिले नै भोग्नुपर्छ
उसरी नै
जसरी तिमिले हरेक मुस्कान पछि
एकथोपा आँशु भोगेका छौ ।
मन्द मन्द बतासले सँधै
तिम्रो ओठबाट मुस्कान चोरिरहेछ
हर्षले पुलकित तिमी ह
रेक क्षण अर्को एक मुस्कान लुटाईरहेछौ
जो थियो तिमीसँग
र तिम्रै थियो
अब लुटिईसक्यो
जानदेउ , नरोउ
यस्लाई बटुल्न सक्दैनौ कहिल्यै
यो पनि रीत नै हो जीन्दगीको ।
तिम्रो अन्तरको जागरुक कारिगरले
अझै निर्माण गरिरहेछ
अगम्य महल सुन्दर
तिम्रै एक एक विश्वासहरु समेटेर
परिश्रमी छ उ
तर तिमिनै महत्वदिने छैनौ
उस्को कारिगरीलाई
त्यसैले त
ढल्नेछन विश्वासका हरेक महलहरु
अब ढलि त सक्यो
जो ढल्नु नै थियो , नरोउ
यो पनि रीतनै हो जीन्दगीको ।

No comments: